नियम १९
बिवरण तथा प्रतिवेदन
(१) हेजिङ्ग गर्ने संस्थाले नेपाल राष्ट्र बैङ्कले निर्धारण गरे बमोजिम नियमित रुपमा हेजिङ्ग सुविधा तथा हेजिङग सेवा सम्बन्धी विवरण, कार्यतालिका, जोखिमको अवस्था, विदेशी मुद्राको आप्रवाह, बहिर्गमन तथा कोषको अवस्थाको विवरण मन्त्रालय र नेपाल राष्ट्र बैङ्कमा पेश गर्नु पर्नेछ।
(२) हेजिङ्ग गर्ने संस्थाले प्रत्येक वर्ष हेजिङ्ग सुविधा सम्बन्धमा भए गरेका काम कारबाहीको प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय र नेपाल राष्ट्र बैङ्कमा पेश गर्नु पर्नेछ।